|

काठमाडौ‌ं : बूढानीलकण्ठआसपासका क्षेत्रमा शनिबार चार घण्टा बिजुली अवरुद्ध हुने भएको छ। 

बूढानीलकण्ठ वितरण केन्द्रको चुनिखेल फिडर अन्तर्गत भंगाल,  बिजुली भंगाल, गाम्चा, सापाटार, टुपेक, वडा कार्यालय ११, कौडोल, सुन्दरबस्ती, बाँसबारी, गणेश चोक र स्पेशल चोक लगायतका स्थानमा बिहान ९ देखि दिउँसो १ बजेसम्म बिजुली काट्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । 

ती क्षेत्रमा बिजुलीको भूमिगत प्रसारण लाइनको काम गर्न फिडर सटडाउन गर्नुपर्ने भएकाले विद्युत् अवरूद्ध हुने भएको हो। निर्धारित समय अगावै काम सम्पन्न भए अगाडि नै विद्युत् आपूर्ति हुने प्राधिकरणले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.