|

सिरियास्थित जोर्डनको सीमा नजिक रहेको अमेरिकी हवाइ बेसमा भएको आक्रमणमा कम्तीमा तीन सैनिक मारिएका छन्। 

ड्रोनबाट भएको आक्रमणमा अरु कैयौँ सैनिक घाइते भएको बीबीसीले जनाएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले इरान समर्थक कट्टरपन्थी समूहले आक्रमण गरेको भन्दै उचित जवाफ दिने चेतावनी दिए। अक्टोबर ७ मा इजरायल गाजा युद्ध शुरु भएयता मध्यपूर्वमा पहिलोपटक अमेरिकी सैनिक मारिएको सञ्चारमाध्यमले जनाएका छन्। 

यो क्षेत्रमा यो बीचमा कैयौँ ड्रोन आक्रमण भए पनि अमेरिकी सैनिक मारिएको पहिलो घटना हो। गत अक्टोबर यता मध्यपूर्वी एसियामा रहेको अमेरिकी हवाई अड्डा तथा सैन्य क्याम्पमा ९७ पटक आक्रमण भइसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.