|

पर्वत : आहा-रारा पोखरा गोल्ड कपको २३ औँ संस्करणअन्तर्गत सोमबार मनाङ मर्स्याङ्दी क्लब र जावलाखेल युथ क्लबबीच खेल हुँदै छ। खेल दिउँसो साढे २ बजे शुरु हुनेछ।

यो संस्करणमा मनाङ मर्स्याङ्दीको यो नै पहिलो खेल हो भने जावलाखेल युथले गत माघ ११ गते भएको खेलमा मच्छिन्द्र फुटबल क्लबलाई पराजित गर्दै क्वार्टर फाइनलमा पुगेको हो। 

आजको विजेता टोलीले यही समूहमा रहेका आयोजक सहारा क्लब पोखरा र भुटानको पारो फुटबल क्लबलाई पराजित गर्दै अगाडि आएको थ्री स्टार फुटबल क्लबसँग माघ १७ गते प्रतिस्पर्धा गर्नुपर्ने छ।

यी दुई टोलीको आहा–रारा पोखरा गोल्ड कपको विगतलाई हेर्ने हो भने मनाङ मर्स्याङ्दी क्लबलाई बलियो प्रतिस्पर्धी हो। मनाङ मर्स्याङ्दी क्लब २०६०, २०६१, २०६८, २०७२, २०७३ र २०७६ साल गरेर ६ पटकको उपाधि विजेता टिम हो। जावलाखेल यूथ क्लबले २०६८ मा उपविजेतामा मात्रै चित्त बुझाएको छ। आहा-रारा पोखरा गोल्ड कपमा मनाङ मर्स्याङ्दी क्लबले जसरी नियमित सहभागिता जनाउने गरेको छ त्यसरी जावलाखेल नियमित सहभागी हुने गरेको छैन। 

१२ ‘टिम’ को सहभागी रहेको प्रतियोगिताको फाइनल माघ २० गते दिउँसो १ बजे हुनेछ। यो गोल्डकपको २२ औँ संस्करणको उपाधि संकटा क्लबले जितेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.