|

काठमाडौं : आज माघ १६ देशभर शहीद दिवस मनाइँदैछ। 

 काठमाडौं महानगरपालिकाको आयोजनामा शहीद दिवसका अवसरमा शहीद स्मारक लैनचौरमा स्मृति सभाको आयोजना गरिएको छ। शहीद दिवसको अन्तिम दिन आज काठमाडौं महानगरपालिका शहीद सप्ताह मुल समारोह समितिले शहीद सप्ताहको अन्तिम दिन प्रभातफेरी तथा स्मृति सभा कार्यक्रम गरेको हो।

सो अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, भूमि, व्यवस्था तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो। शहीद दिवसको अवसरमा बिहान शान्ति बाटिकादेखि प्रभातफेरी कार्यक्रम पनि गरिएको थियो।

कार्यक्रममा  प्रधानमन्त्री दाहालले राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको पक्षमा संघर्ष गर्ने क्रममा बलिदान गर्ने शहीदहरु विगत, वर्तमान र भविष्यका निम्ति समेत सबैका लागि प्रेरणाका श्रोत र पथप्रदर्शक रहेको बताए।  उनले शहीदका सपना पूरा गर्न मन, वचन र कर्मले सबै क्रियाशील रहन आवश्यक रहेको जोड दिए। 

यस्तै काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले शहीदहरुको सपना साक्षी राखि एकजुट भएर काम गर्ने बेला आइसकेको बताइन्।  उपप्रमुख डंगोलले नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकार तहगत रुपमा नै सरकारहरुलाई नागरिकको मुहारमा खुशी ल्याउने कर्ममा लाग्नुपर्ने आजको उद्देश्य रहेको बताइन्। 

विसं २०१२ देखि नै तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाउन थालिएको हो। 

माघ १० देखि १६ सम्म शहीद सप्ताह मनाउने चलन छ।

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.