|
तस्विर- गोरखापत्र

काठमाडौं : पत्रकार शेषकान्त पण्डितको निधन भएको छ।

गोरखापत्र दैनिकमा उपसम्पादक रहेका पण्डितको उपचारका क्रममा बुधबार बिहान ३ बजे ललितपुरको मेडीसिटी अस्पतालमा निधन भएको हो। उनी लामो समयदेखि क्यान्सरसँग लडिरहेका थिए। 

उनको अन्त्येष्टि पशुपतिस्थित आर्यघाटमा बुधबार बिहान नै गर्ने परिवारले जानकारी दिएको छ।

भानु नगरपालिका १२ तनहुँमा २०३३ जन्मिएका र कीर्तिपुरमा बस्दै आएका पण्डितका श्रीमती, एक छोरा र एक छोरी छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.