|

चितवन : चितवन बागमती प्रदेशका पूर्व भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम पौडेलको सवारी दुर्घटनामा निधन भएको छ । 

चितवनको गैँडाकोट नगरपालिका–५ कालीगण्डकी चोकमा आज भएको दुर्घटनामा उनको निधन भएको हो।

इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना४६प ७७५९ नं को मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ग१ख ८५४७ नं को जन्ती बोकेको बसले ठक्कर दिँदा ६७ वर्षीय पौडेलको निधन भएको हो। 

दुर्घटनामा परी गम्भीर घाइते उनको उपचारका क्रममा भरतपुर अस्पतालमा निधन भएको हो। भरतपुर महानगरपालिका–१७ बनगाई निवासी पौडेल नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन्। 

नेता पौडेलका श्रीमती, दुई छोरा र एक छोरी छन्। नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार पौडेल विद्यार्थी राजनीति गर्दै पार्टीको राजनीतिमा आएका थिए। ​विसं २०३६ मा उनी विद्यार्थी नेता हुँदा वनारसबाट बीपी कोइरालाको सन्देश लिएर नेपाल आएका थिए। 

नेता पौडेलले साविक चितवन क्षेत्र नं ४ को दुई पटक क्षेत्रीय सभापति भएर काम गरेका थिए। उनको निधनमा नेपाली कांग्रेस चितवनले दुःख व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.