|

अमेरिकाले जोर्डनमा तीन आफ्ना तीन सैनिकको ज्यान जानेगरी भएको आक्रमणको जवाफ दिने प्रतिक्रिया दिएपछि इरानले धम्की नदिन चेतावनी दिएको छ।

 इरानका विदेशमन्त्री होसेन अमिर–अब्दुल्लाहियानले अमेरिकाले धम्की र प्रक्षेपणको भाषा बन्द गरी राजनीतिक समाधानमा ध्यान केन्द्रित गर्न आग्रह गरेका छन्।

‘कट्टरपन्थी इरान समर्थित आतंकवादी समूह’ लाई दोषी ठहर गरेका अमेरिकी राष्ट्रपति जो बाइडेनले आफूले प्रतिक्रियाप्रति निर्णय लिएको तर मध्यपूर्वमा व्यापक युद्धको माग नगरेकामा जोड दिए।

आइआरएनएको रिपोर्टअनुसार बुधबार इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्सका प्रमुख जनरल होसेन सलामीले अमेरिकी अधिकारीहरूको धम्की ‘अनुत्तरित नहुने’ बताए। ‘हामी युद्धको खोजीमा छैनौँ तर युद्धसँग डराउँदैनौँ’, उनले भने। 

इरानले अमेरिकी सैनिकमाथि आक्रमणसँग कुनै पनि प्रकारको सम्बन्धलाई अस्वीकार गरेको छ र मध्यपूर्वमा युद्धको विस्तार नचाहेको बताएको छ। 

इजराइल–हमास युद्धपछि सिरिया, इराक, लेबनान र यमनमा इरान समर्थित समूहरू समावेश हुँदा क्षेत्रीय तनाव बढेको छ। इस्लामिक गणतन्त्र इरानले यसअघि नै यस क्षेत्रका ‘प्रतिरोधी समूहहरू’ लाई समर्थन गर्ने ‘कर्तव्य’ मानेको तर निर्णय लिन र कारवाही गर्न ‘स्वतन्त्र’ रहेको बताएको छ। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.