|

रौतहट : नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन सरकारका कारण देश ठूलो संकटतर्फ धकेलिएको बताएका छन्।

नेकपा एमाले रौतहटले आज सदरमुकाम गौरमा आयोजना गरेको प्रतिनिधि परिषद् भेलालाई सम्बोधन गर्दै पोखरेलले सो कुरा बताएका हुन्। 

पोखरेलले नेकपा एमाले सरकारले ल्याएका ठूला योजनालाई गठबन्धन सरकारले अवरोध पुर्‍याउने काम गरेको आरोप लगाएका छन्।

नेकपा एमाले रौतहटको दशौँ जिल्ला अधिवेशनको तयारी स्वरुप आज जिल्ला सदरमुकाम गौरमा प्रतिनिधि परिषदको भेला भएको थियो।

पोखरेले संघ सरकार र प्रदेश सरकारमा रहेको गठबन्धनले देशको विकास गर्नुभन्दा आफ्नै गोजी विकास गर्न तल्लिन रहेको दावी गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.