|

मलंगवा : सर्लाहीको हरिवनबाट प्रहरीले आज दिउँसो ठूलो परिमाणमा नक्कली नोटसहित दुईजनालाई पक्राउ गरेको छ।

नक्कली नोट ओसारपसार भइरहेको विशेष सूचना प्राप्त गरी खटिएको प्रहरी टोलीले पूर्व-पश्चिम राजमार्गस्थित हरिवन नगरपालिका-११, कडरिया चोकबाट दुईजनालाई पक्राउ गरेको हो। मोटरसाइकलमा रहेका ती दुईजनालाई प्रहरीले घेरा हालेर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी निरीक्षक अनिलराज गिरी नेतृत्वको प्रहरी टोलीले अहिले बरामद गरेको नोट गन्ने र मुचुल्का उठाउने काम गरिरहेको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) प्रवीण धितालले जानकारी दिए। नक्कली नोटसहित पक्राउ परेका दुई पुरुषको परिचय खुल्न बाँकी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.