|

काठमाडौं : झारखण्डमा चम्पाई सोरेनले आज मुख्यमन्त्रीको सपथ लिने भएका छन्।

राज्यपाल सीपी राधाकृष्णनले बिहीबार राति चम्पाई सोरेनलाई भेटेर सरकार गठनको निम्तो दिएका थिए। गभर्नरले चम्पाई सोरेनलाई बोलाएर मुख्यमन्त्रीमा नियुक्त भएको जानकारी दिए। र, सरकार गठन गर्न आग्रह गरे। त्यतिबेलासम्म उनी कार्यवाहक मुख्यमन्त्री पनि थिए। चम्पाई सोरेनले दश दिनभित्र आफ्नो सरकारको बहुमत प्रमाणित गर्नुपर्नेछ।​

चम्पाई सोरेनले भने,  ‘राज्यपालले मलाई मनोनित मुख्यमन्त्रीमा नियुक्त गरेर सरकार गठनका लागि निमन्त्रणा गर्नुभएको छ। छिट्टै सरकार बनाउँछौं।’ राज्यपालले विधायकसँग परामर्श गरेपछि दश दिनभित्र जुनसुकै बेला सरकार गठन गर्न भनेका छन्।

मुख्यमन्त्री मनोनित चम्पाई सोरेनले आज दिउँसो सवा १२ मुख्यमन्त्रीको सपथ लिने बताए। सपथ ग्रहण समारोह राजभवनमा हुनेछ। मुख्यमन्त्रीसँगै कांग्रेस विधायक दलका नेता आलमगीर आलम र राजदका सत्यानन्द भोक्ताले पनि सपथ लिने सम्भावना छ।

प्रवर्तन निर्देशनालयले पक्राउ गरेपछि हेमन्त सोरेनले बुधबार साँझ झारखण्डको मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन्। बिहीबार राँचीको विशेष अदालत (पीएमएलए कोर्ट)ले उनलाई एक दिनको लागि न्यायिक हिरासतमा पठाउन आदेश दिएको थियो।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.