|

श्रीलंकामा जनवरीमा १० हजारभन्दा बढी डेंगु संक्रमित फेला परेका छन्। यो अवधिमा चारजनाको मृत्यु भएको राष्ट्रिय डेंगु नियन्त्रण एकाइ (एनडीसीयू)ले जानकारी दिएको छ।

एनडीसीयूले शुक्रबारसम्म १० हजार ६३५ जनामा संक्रमण भएको जनाएको छ। तीमध्ये १० हजार ४१७ जनवरी महिनामा मात्र भएको उसले बताएको छ।

पश्चिमी प्रान्तमा सबैभन्दा बढी ३ हजार ४८९ जनामा र उत्तरी प्रान्तमा २ हजार ७३४ जनामा सङ्क्रमण भएको पाइएको छ।
 
गत वर्ष ८८ हजारमा डेंगु संक्रमण भएको  थियो र  तीमध्ये ५७ जनाको मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.