|

काठमाडौँ : यो साता कारोबारको पहिलो दिन आज (आइतवार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकले घटेको छ।

आज नेप्से परिसूचक ५ दशमलव ३१ अंकले घटेर २ हजार ६१ दशमलव ७० को बिन्दुमा कायम भएको हो।

आज विभिन्न कम्पनीका ०७ कम्पनीको ९२ लाख ७२ हजार ७८२ कित्ता शेयर ७० हजार ७९० पटक खरिदबिक्री हुँदा ३ अर्ब २१ करोड ६७ लाख २७ हजार २२१ रुपैयाँ बराबरको कारोबार भएको छ।

विकास बैंक शून्य दशमलव ६६, वित्त समूह शून्य दशमलव ४०, लगानी समूह शून्य दशमलव ०९ र निर्जीवन बीमा समूहको उपसूचक शून्य दशमलव ५१ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ।

सबैभन्दा धेरै अन्य समूहको उपसूचक १ दशमलव ०४ र जीवन बीमा समूहको उपसूचक शून्य दशमलव ५४ प्रतिशतले घटेको छ।

युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा ५ दशमलव ३७ प्रतिशतको गिरावट आएको छ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ३३ करोड ५८ लाख ३२ हजार ८०९ रुपैयाँ बराबरको कारोबार भएको छ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको ५ लाख २५ हजार ५८ कित्ता शेयर किनबेच भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.