|

काठमाडौँ : जनता समाजवादी पार्टी, नेपालका सांसद प्रकाश अधिकारीले तराईलाई मरुभूमीकरण हुनबाट रोक्न सरकारले ध्यान दिनुपर्ने बताएका छन्।

बुधवार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद अधिकारीले तराईमा जल सतह ४०० फिटभन्दा तल गइसकेको भन्दै यसले तराईलाई मरुभूमि बनाउँदै लगेको बताए। उनले तराई/मधेशलाई मरुभूमीकरण हुनबाट जोगाउन सरकारले यथोचित प्रयास गर्नुपर्ने बताए।

उनले चुरेमा तस्करहरूले गिट्टी, बालुवा उत्खनन गरिरहेको भन्दै चुरे विनाश हुँदै गइरहेको बताए। चुरे बचाउन सरकारले ध्यान दिनुपर्ने उनले बताए।

उनले भने, ‘तराईमा जल सतह धेरै तल गइसकेको छ। हिजो १ सय फिटमा पानी भेटिन्थ्यो भने अहिले ४ सय फिटभन्दा पनि तल गएको छ। हिउँद लाग्दा नै हाहाकार शुरु भएको छ। मधेशलाई मरुभूमीकरण हुनबाट जोगाउन गम्भीर प्रयास गर्नुपर्ने हुन्छ। गिट्टी, बालुवा उत्खनन गर्ने ऐन ल्याउने सरकारले निर्णय गर्‍यो। ठाउँ ठाउँमा उत्खनन गरेर चुरे नाश गरी मरुभूमीकरण गर्ने योजनामा तस्करहरू लागिसकेका छन्। यसलाई रोक्ने कि नरोक्ने?’

उनले सरकारले सन्तुलित रूपमा बजेट नदिएको भन्दै त्यसले सन्तुलित विकासमा समेत असर परेको बताए। उनले सरकारले बजेटमा मधेशलाई अन्याय गरेको पनि बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.