|

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संसार ‘अराजकताको युग’ मा प्रवेश गरिरहेको प्रतिक्रिया दिएका छन्। 

उनले शीत युद्धको समयमा राम्रो तरिकाले स्थापित प्रणालीले महाशक्ति सम्बन्धलाई व्यवस्थित गर्न सहयोग गरेको विपरीत ती प्रणालीबहुध्रुवीय विश्वमा हराएको बताए। ‘हाम्रो संसार अराजकताको युगमा प्रवेश गरिरहेको छ। यो सबैका लागि खतरनाक, अप्रत्याशित र पूर्णरूपमा दण्डहीनता हो’, राष्ट्रसंघीय महासभामा आफ्नो सन् २०२४ का प्राथमिकता प्रस्तुत गर्दै उनले भने।

उनको यो टिप्पणी युक्रेन, सुडान, मध्यपूर्व र अन्य स्थानमा विनाशकारी द्वन्द्वको बीचमा आएको हो। ती द्वन्द्वमा लाखौँ मानिस विस्थापित भएका छन् र उनीहरूलाई सहयोगको जरुरत छ। यता अक्टोबर ७ मा अभूतपूर्व आक्रमणपछि हमासलाई समाप्त गर्ने आफ्नो अभियानमा इजराइली सेनाले गाजापट्टीमा लगातार आक्रमण गर्दा १० लाखभन्दा बढी मानिस विस्थापित भएका छन्।  

‘द्वन्द्व बढ्दै जाँदा वैश्विक मानवीय आवश्यकताहरू अहिलेसम्मको उच्चतम स्तरमा छन् तर कोषले गति लिइरहेको छैन’, महासचिव गुटेरेसले भने। उनले गहिरोसँग विभाजित सुरक्षा परिषद् इजराइल–हमास युद्धजस्ता महत्त्वपूर्ण मुद्दा सम्बोधन गर्न असमर्थ रहेको बताए। 

बुधबार गाजा युद्ध पाँचौँ महिनामा प्रवेश गरेसँगै गुटेरेसले इजराइली सशस्त्र बलले दक्षिणी सहर राफामा दबाब दिए यसले ‘अनपेक्षित क्षेत्रीय परिणामका साथ पहिला नै मानवीय दुःस्वप्नका रूपमा तीव्र वृद्धि गर्ने’ चेतावनी दिए। 

‘यो तत्काल मानवीय युद्धविराम र सबै बन्धकको बिनाशर्त रिहाइको समय हो’, सम्बोधनमा गुटेरेसले भने। उनले अन्य सुधारका अतिरिक्त सुरक्षा परिषद् र अन्तर्राष्ट्रिय वित्तीय प्रणालीमा परिवर्तनका लागि आह्वान गरे। उनले सेप्टेम्बरमा आयोजना हुने आफ्नो ‘भविष्यको शिखर सम्मेलन’ लाई पहिलाको भन्दा ‘गहिरो र खतरनाक’ समस्या सम्बोधन गर्नका लागि एउटा महत्त्वपूर्ण स्थलका रूपमा रहने बताए।

यस्तो अँध्यारो पृष्ठभूमिविरुद्ध उनले विश्व नेताहरूलाई ‘आगामी वर्षहरूका लागि बहुपक्षवादलाई आकार दिन’ का लागि वार्षिक महासभाको अवसरमा सेप्टेम्बरमा न्युयोर्कमा आयोजना हुने ‘भविष्यको शिखर सम्मेलन’ को अवसरको लाभ लिन प्रोत्साहित गरे।

गुटेरेसले संकट ‘हाम्रो समयको परिभाषित चुनौती बनेको’ दोहोर्‍याउँदै मानवतालाई ‘पृथ्वीसँग शान्ति कायम गर्न’ आह्वान गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.