|

काठमाडौं : एकदिवसीय शृंखलाको पहिलो खेलमा क्यानडाविरुद्ध ब्याटिङ गरिरहेको नेपालको चौथो विकेट गुमेको छ। भीम सार्की १७ रन बनाएर आउट भए। 

नेपालले ओपनर कुशल भुर्तेललाई तेस्रो विकेटको रुपमा गुमाएको थियो।​

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा गरिहेको नेपालले भुर्तेललाई १८ दशमवलव ३ ओभरमा गुमाएको थियो। क्यानडाविरुद्ध अर्धशतक बनाएका भुर्तेलले ६२ रन बनाए।  १७ रन बनाएका भीम २२औँ ओभरमा आउट भए। 

जारी खेलको २२ ओभर समाप्त हुँदा नेपालले चार विकेट गुमाएर ११२ रन बनाएर खेलिरहेको छ।  हाल क्रिजमा आरिफ र कुशल मल्ल छन्।  नेपालले त्यसअघि नेपालले आसिफ शेख र कप्तान रोहितकुमार पौडेललाई व्यक्तिगत समान आठ रनमा गुमाएको थियो।

यी दुई टिमले तीन खेलको एकदिवसीय शृंखला खेल्नेछन्।   नेपालले शनिबार शृंखलाको दोस्रो र सोमबार तेस्रो खेल खेल्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.