|

अर्घाखाँची : पाणिनी गाउँपालिकाको शीत भण्डारमा राखिएका सुन्तला कुहिएपछि किसानले क्षतिपूर्तिको गरेका छन्।

पाणिनि गाउँपालिका २ पोखराथोकमा रहेको शिवशक्ति शीत भण्डारमा पणेनाको सिम्ले र पोखराथोकका किसानले राखेको ९० मेट्रिकटनमध्ये ६३ मेट्रिकटन सुन्तलाका दानामा ढुसी लागेर नष्ट भएको थियो। प्राविधिकले सिकाएअनुसार शीतभण्डारमा राख्दा पनि सुन्तला कुहिएपछि क्षतिपूर्ति माग गरिएको किसान रेवतीराज पौडेलले बताए।

शीत भण्डारणमा राखेका ६३ मेट्रिकटन सुन्तला कुहिएपछि प्रतिकेजी ९० का दरले किसानले ५६ लाख ७० हजार घाटा बेहोर्नुपरेको छ। किसान मानबहादुर श्रेष्ठ, चीरञ्जीवी पौडेल, रेवतीराज पौडेल र खगेन्द्र पौडेलले शीत भण्डारमा चार हजार पाँच सय क्यारेट अर्थात ९० टन सुन्तला भण्डारण थिए। त्यहाँ राखिएका सुन्तलामा ढुसी लागेपछि आफूहरुलाई ठूलो घाटा परेको उनीहरुले बताए।

यसअघिका दुई वर्षमा पनि यसैगरी सुन्ताला कुहिँदा नोक्सान भएको थियो। यसवर्ष लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयले गत मङ्सिरमा विज्ञ प्राविधिक ल्याएर किसानलाई गाउँमै कोल्डस्टोरमा सुन्तला राख्ने तरिका सिकाएको थियो। 

‘रफ ह्याण्डलिङ’ र ‘ट्रिटमेन्ट’ नमिलेका कारण हरियो र निलो ढुसीले कुहिएको वैज्ञानिकको अनुसन्धान र प्रतिवेदनले देखाएको छ। नेपाल कृषि अनुसन्धान परिषद्का वरिष्ठ वैज्ञानिक उमेश आचार्यको टोलीले स्थलगत अनुसन्धान गरेको थियो। सो टोलीले सुन्तला मुख्य गरी हरियो र निलो ढुसीको कारण नष्ट भएको निष्कर्ष निकालेको कृषि ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख बुद्धिराज घिमिरेले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.