|

रौतहट : नेकपा (एमाले) रौतहटको अध्यक्षमा चार जनाको उम्मेदवारी परेको छ। एमाले रौतहटको दशौँ जिल्ला अधिवेशनमा सर्वसम्मत हुन नसकेपछि निर्वाचन प्रक्रिया अगाडि बढेको हो। 

अध्यक्ष पदमा अखिलेश्वर चौधरी, सचिवानन्द शाह, अमर आले र बैजनाथ सहनीको उम्मेदवारी परेको हो। उपाध्यक्ष पदका लागि रुपेशकुमार पटेल, सुरेशकुमार राय यादव, मणिलाल सहनीले उम्मेदवारी दर्ता गराएका छन्।
 
यस्तै नेकपा एमालेको जिल्ला सचिव पदमा बाबुराम दाहाल, शिवप्रसाद आचार्य र रवि मिश्रले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत बालबिक्रम कार्कीले जानकारी दिए।

दुई दिन सर्वसम्मतको प्रयास गर्दासमेत सहमति हुन नसकेपछि आइतबार निर्वाचनका माध्यमबाट नेतृत्व चयन गर्ने कार्कीले बताए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.