|

काठमाडौं : नाटक ’मासिन्या’को मञ्चन १० दिन थप गरी फागुन १२ सम्म मञ्चन हुने भएको छ। दर्शकको बढ्दो मागलाई मध्यनजर गर्दै १० दिनका लागि नाटकको मञ्चन थपिएको ताम्सालिङ संघर्ष समित सचिवालयका सदस्य बाबुराम लोप्चनले बताए।

माघ २८ गतेसम्म मञ्चन गरिने भनिएको नाटक अब फागुन २ गतेदेखि १२ गतेसम्म सोमबार बाहेक मञ्चन हुनेछ।माघ ११ गतेदेखि मञ्चन सुरु गरिएको नाटकलाई ४ हजार भन्दा दर्शकहरू हेरिसकेको मण्डला बक्स अफिसले जनाएको छ।

नाटक हेर्नका लागि उपत्यका बाहेक मकवानुपर, दाङ, पोखरा, धरान, विराटनगर, दमक लगायतका स्थानहरूबाट समेत दर्शकहरू आएका छन्। नाटक हेर्न राजनीतिकर्मीदेखि सुकुम्बासी बस्तीसम्मका दर्शकहरू सहभागी भएकाले समुदाय विशेष सिर्जनामा थप हौसला मिलेको नाटकका लेखक राजु स्याङ्तानले बताए।

‘नाटक हेर्ने दर्शकमा तामाङ मात्र नभएर गैर तामाङहरूको पनि उल्लेख्य उपस्थिति रहेको छ’, उनले भने,‘यसले तामाङ समुदायलाई हेर्ने परम्परागत नजरिया नै परिवर्तन भएको छ। यो हामीजस्ता स्रष्टाका लागि सुखद कुरा हो।’

नाटक लेखनमा स्याङ्तानसहित लक्ष्मी रुम्बा र राबत(रामबहादुर तामाङ) छन्। समुदाय विशेष कथा नाटकमा लिएर आएको समूहको यो पहिलो प्रयास भएकोले दर्शकको अभाव पर्ला कि भन्ने अनुमान थियो। अत्यधिक दर्शकको मायाले नै अझै सिर्जनामा जिम्मेवारी थपिएको लेखक रावतले सुनाए।
बुद्धि तामाङ र सोनाम लामाको परिकल्पना तथा निर्देशन रहेको नाटकमा रुपेश तामाङ, रोहनी लामा, सानुमाया तामाङ, विष्णु मोक्तान, रमिला मोक्तान, विकास लामा, सुनिल तामाङ, विजय नेपाल लगायतका कलाकारहरूले अभिनय गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.