|

पाल्पा : पाल्पामा मंगलबार अपराह्न जीप दुर्घटना भएको छ। तानसेन नगरपालिकाको डुम्रेबाट तिनाउ गाउँपालिकाको चिदिसतर्फ जाँदै गरेको लु१ज २३७१ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए।

उनकाअनुसार ८ जनाको शव फेला परेको छ। अझै केहीको मृत्यु हुनसक्ने आशंका गरिएको छ। जीप २० जना सवार भएको अनुमान गरिएको छ।

दिउँसो साढे ४ बजेतिर दुर्घटना भएको हो। अहिले पनि उद्धारकार्य जारी रहेको डिएसपी श्रेष्ठले बताए। भित्री कच्ची सडकमा दुर्घटना भएको हो। जीप सडकभन्दा तल खसेको छ।

डिएसपी श्रेष्ठ आफैँ घटनास्थल पुगेका छन्।  प्रहरी र स्थानीयले  घटनास्थल पुगेर उद्धार गरिरहेका छन्। घटनाबारे थप विवरण आउन बाँकी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.