|

काठमाडौँ : नेपाल प्रहरीले ५ लाख डेनिस क्रोनरसहित दुईजना पाकिस्तानीलाई पक्राउ गरी आज (बिहीवार) सार्वजनिक गरेको छ।

उनीहरू त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट बुधवार साँझ पक्राउ परेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा ३१ वर्षीय येसिन अहमद र ४८ वर्षीय मोहम्मद अदनान लखानी रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए।

उनले भने‚ “फ्लाई दुबईको उडानबाट दुबईबाट नेपाल आएका उनीहरूलाई अन्तरराष्ट्रिय उडानतर्फको आगमन टनेल गेटबाट करिब ९५ लाख ४३ हजार ३८४ नेपाली हुनआउने उक्त विदेशी मुद्रा अवैधरुपमा लुकाइछिपाई लैजान लागेको अवस्थामा फेला पारी दुवै जनालाई पक्राउ गरेका छौँ ।”

पक्राउ परेका निज पाकिस्तानलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक ललितपुर पठाइने केन्द्रीय प्रहरी प्रवक्ता ढकालले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.