|
सांकेतिक तस्विर

महेन्द्रनगर : कञ्चनपुरको दक्षिणी क्षेत्रमा चितुवाले आक्रमण गर्दा एक युवक घाइते भएका छन्।

मोटरसाइकलमा यात्रा गरिरहेका बेल्डाँडी गाउँपालिका–३ खैरीघाटका २४ वर्षीय जीवन चन्द चितुवाको आक्रमणमा परी घाइते भएका हुन्। कुण्डा सब डिभिजन वन कार्यालयका प्रमुख दिनेशकुमार यादवका अनुसार चन्दलाई बेलौरी नगरपालिका-८ खपटी खोला नजिकै हुलाकी सडकमा  शुक्रबार साँझ चितुवाले आक्रमण गरेको हो ।

आक्रमणमा परी चन्दको हातमा चोट लागेको छ। उनको मोटरसाइकलमा समेत क्षति पुगेको प्रमुख यादवले जानकारी दिए। गत वर्ष  पुनर्वास र बेलौरी नगरपालिकामा बाघको आक्रमणबाट दुईजनाको ज्यान गएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.