|

अफगानी सरकारले देशमा कुनै पनि आतङ्कवादी समूहलाई गतिविधि गर्न अनुमति नदिने बताएको छ।

प्रमुख प्रवक्ता जबिहुल्लाह मुजाहिदले आइतबार प्रतिक्रया दिँदै अफगानिस्तानमा जिम्मेवार सरकार रहेको भन्दै  कुनै पनि बाहिरी समूहलाई गतिविधि सञ्चालन गर्न नदिने बताएका छन्।

‘अफगानिस्तान सुरक्षित छ । यहाँ जिम्मेवार सरकार छ’, स्थानीय टेलिभिजन च्यानल टोलो न्युजले मुजाहिदलाई उद्धृत गर्दै भनेको छ,‘सरकार अफगानिस्तानमा यस किसमका कुनै पनि बाहिरी समूहलाई गतिविधि सञ्चालन गर्न वा अफगानिस्तानमा उपस्थित हुन अनुमति दिँदैन।’

युद्धग्रस्त अफगानिस्तानमा अलकायदा नेटवर्क र इस्लामिक स्टेट संगठन सहित २० वटाभन्दा बढी आत्रकवादी समूहको उपस्थितिको रहेको बताइएका वेला उनको प्रतिक्रिया सार्वजनिक भएको हो।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.