|

काठमाडौं : पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण सोमबारदेखि तीन दिन देशका धेरै स्थानमा आंशिक मौसम बदली हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य पहाडी भूभागमा आंशिक बदली छ। 

अहिले तराईका थोरै स्थानमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

पश्चिमी न्यूनचापीय प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै जाने क्रममा सोमबारदेखि बुधबारसम्म सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा तथा बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

सोमबार सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थान तथा गण्डकी र लुम्बिनी  प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। 

मंगलबारदेखि बुधबारसम्म गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा कोशी बागमती  प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.