काठमाडौं : विश्वका विभिन्न १४ भाषामा प्रकाशित वरिष्ठ उपन्यासकार, पत्रकार, लेखक एवं साहित्यकार भरत जंगमको बहुचर्चित उपन्यास ‘कालो सूर्य’को चित्रमा प्रदर्शनी सुरू भएको छ।
साहित्यकार जङ्गमको भ्रष्टाचारसम्बन्धीको उपन्यास ‘कालो सूर्य’ (२०३६) माथि सृजना गरिएको चित्रकलाको प्रदर्शनी यही फागुन ८ गतेदेखि काठमाडौंमा सुरु भएको हो।
१२ गतेसम्म नेपाल आर्ट काउन्सिलम चल्ने प्रदर्शनीमा चित्रकार इन्दु पन्तले उपन्यास कालो सूर्यका भावहरूलाई २५ चित्रमा उतारेकी छन्। यस्तै, आगामी चैत ३ देखि ९ गतेसम्म ललितकला प्रज्ञा प्रतिष्ठान, नक्सालमा प्रदर्शनी हुनेछ।
प्रदर्शनीमा २७ थान चित्र राखिएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।