काठमाडौँ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (बिहीवार) पनि दोहोरो अंकले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज २० दशमलव ७६ अंकले घटेरर २ हजार ५ दशमलव ८३ मा सीमित भएको छ।
ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ३ दशमलव ४९ अंकले ओरालो लागेर ३५९ दशमलव ५७ मा सीमित भएको छ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्यमा वृद्धि हुँदा ११ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ।
कूल ९५ लाख १८ हजार ७५ कित्ता शेयर ३ अर्ब २० करोड ६१ लाख ६७ हजार २५ रुपैयाँ मूल्यमा खरिद बिक्री भएका छन्।
कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा छ। सो कम्पनीको १४ करोड ८७ लाख ९७ हजार १७८ रुपैयाँ बराबरको कारोबार भयो।
गुर्खाज फाइनान्स १४ करोड १ लाख १० हजार ६८८ रुपैयाँ, जोशी हाइड्रोपावर ८ करोड ९३ लाख ४८ हजार १६१ रुपैयाँ, एनआईसी एशिया बैंक ६ करोड ४० लाख ३८ हजार १८० रुपैयाँ र न्यादी ग्रुप पावरको ६ करोड २४ लाख ४० हजार ३३५ रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।
नेप्सेका अनुसार समाज लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ।
जोशी हाइड्रोपावर ९ दशमलव ८७, सामलिङ पावर ९ दशमलव ८५, बोटलर्स नेपाल बालाजु ८ दशमलव २४, बोटलर्स नेपाल तराईका लगानीकर्ताले ५ दशमलव ७३ प्रतिशतले कमाएका छन्।
हिमालयन ऊर्जा विकास कम्पनी ७ दशमलव ६०, बाराही हाइड्रोपावर ६ दशमलव ६७, पिपल्स पावर कम्पनी ६ दशमलव २६, अप्पर स्याङ्गे हाइड्रोपावर ५ दशमलव १३ र रावा इनर्जी डेभलपर्सका लगानीकर्ताले ५ दशमलव शून्य ८ प्रतिशतले गुमाएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।