काठमाडौं : गायक भूपू पाण्डेको पिरैपिर बोलको गीत सार्वजनिक भएको छ। पाण्डेको स्वर संगीत र शब्दमा उक्त गीत सार्वजनिक भएको हो।
पाण्डेको अफिसियल युट्युबबाट सार्वजनिक भएको गीतमा युवाहरूको वर्तमान अवस्थामा भोग्नुपरेको व्यथा देखाउन खोजिएको छ।
‘यो एकादेशको कथा होइन, यो हाम्रै गाउँको कथा हो’, गीतबारे सर्जक पाण्डेले भने, ‘ मनको पिर ओठले बोलेको सानो गाथा हो। कलामार्फत समाजको मात्र होइन, मनको यथार्थ पनि देखाउन खोजिएको हो।
यसअघि पाण्डेका ‘छोटो छ जिन्दगी’, जाँदा जाँदै बन्दिपुर पुग्यो, छातालगायतका गीतहरू सार्वजनिक भइसकेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।