|

धनगढी : नेकपा एमाले कैलालीको अध्यक्षमा यज्ञराज ढुङ्गाना विजयी भएका छन्।

नवौँ जिल्ला अधिवेशनअन्तर्गत शुक्रबार भएको निर्वाचनमा ​प्रतिद्वन्द्वी डेजी पाण्डेलाई ६९ मतान्तरले पराजित गर्दै उनी अध्यक्ष निर्वाचित भएका  हुन्। उनी पार्टीका पूर्वप्रदेश सचिवालय सदस्यसमेत हुन्।

ढुङ्गानाले २८७ मत प्राप्त गर्दा पाण्डेले २१८ मत मात्रै पाए। पाण्डे जिल्लाका सचिव थिए।

अध्यक्षका अर्का प्रतिद्वन्द्वी दुर्गाप्रसाद जोशीले भने ६३ मत मात्रै पाएका छन्। उनी हालका कार्यवाहक अध्यक्ष हुन् । अध्यक्षमा तीन जनाले प्यानलसहित उम्मेदवारी दिएका थिए ।

उपाध्यक्षमा पाण्डे प्यानलका लोकेन्द्रबहादुर शाही निर्वाचित भएका छन्। सचिवमा भने पाण्डे प्यानलकै ममताप्रसाद चौधरी  र उपसचिव खुलातर्फ ढुङ्गाना प्यानलका चूडामणि भट्ट विजयी भएका छन्। उपसचिव महिलातर्फ गङ्गाकुमारी चौधरी  चुनिएकी छिन्। 

फागुन ६ गते शुरु भएको एमाले नवौँ अधिवेशनको छैटौँ दिन भएको निर्वाचनमा ५७७ मत खसेको थियो। अधिवेशनमा ५९१ प्रतिनिधि सहभागी थिए ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.