|

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा कुशल भुर्तेलले अर्धशतक बनाएका छन्। 

नेपालले नेदरल्यान्ड्सविरुद्ध उनले ७७  बलमा अर्धशतक बनाएका हुन्। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले ८ दशमलव ३ ओभरमा ओपनर आसिफ शेखलाई गुमाएको थियो।

आसिफ १७ रन बनाउँदै पेभिलियन फर्किए। त्यसपछि ब्याटिङमा आएका अनिल साह पनि व्यक्तिगत ६ रन जोड्दै वियिन किङ्माको बलमा बोल्ड आउट भए। शेख पनि किङ्माकै बलमा क्याचआउट भएका थिए।  त्यसपछि ब्याटिमा आएका कुशल मल्ल २ रन बनाउँदै पेभिलियन फर्किए। 

यस्तै, रोहित पौडेल ३९ बलमा १६  रन बनाएर आउट भएका हुन् भने दिपेन्द्रसिंह ऐरी ११ बलमा १ रन बनाउँदै रन आउट भएका थिए। यस्तै भीम सार्की शून्यमा आउट भएका थिए।

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.