काठमाडौँ : ‘मुन्दुम अन्तरराष्ट्रिय चित्रकला प्रदर्शनी, २०८०’ सम्पन्न भएको छ।
काठमाडौंको कला परिषद्मा फागुन ५ गतेदेखि प्रदर्शनी शुरु भएको प्रदर्शनी (आज) बुधवार सम्पन्न भएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले गत फागुन ५ गते प्रदर्शनीको शुभारम्भ गरेका थिए भने प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदर्शनीको समापन समारोहलाई सम्बोधन गरे।
आयोजकका अनुसार प्रदर्शनीमा ५१ देशका १३७ चित्रकारले बनाएका २१३ वटाभन्दा बढी चित्र समावेश रहेका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताए। उनका अनुसार शुरुमा ४३ जना स्वदेशी तथा विदेशी चित्रकारको वर्कशप खोटाङमा पाँचदिने लाइभ पेन्टिङ भएको बताए।
प्रदर्शनीपछि अन्य देशका चित्रकारसँग सम्पर्क गरी ५१ देशका १३७ चित्रकारले कोरेका चित्रहरू प्रदर्शनमा राखेको बताए। चित्रकला प्रदर्शनीले खोटाङ र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको पर्यटन प्रवर्धन गर्ने लक्ष्य रहेको बताए। चित्रकलामार्फत खोटाङको पर्यटन प्रवर्धन गर्ने र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको आर्थिक गतिविधि चलायमान बनाउने उद्देश्य राखेको बताए।
उनले भने, ‘४३ जना स्वदेशी तथा विदेशी चित्रकारको वर्कशप खोटाङमा वर्कशप गरेका थियौँ, त्यो पाँचदिने लाइभ पेन्टिङ भएको थियो। दिक्तेल आसपासमा चित्र कोर्नुभयो। यो बीचमा अन्य देशसँग पनि सम्पर्क गरेर ५१ देशका १३७ जना चित्रकारहरूले बनाएका चित्र छन्। फागुन ५ गतेबाट शुभारम्भ भएर आज सकिएको छ।’
प्रमुख भट्टराईले चित्रलाई दिक्तेलमा संग्रहालयका रूपमा विकास गर्ने बताए। उनले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका र खोटाङ जिल्लाभरका ऐतिहासिक तीर्थस्थललाई चित्रमा उतारिएको बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।