|

पर्वत : सेती नदीमा बेपत्ता भएका व्यक्तिको खोजीका लागि बिहीबार बिहान ‘ड्याम’ खोलिने भएको छ। बिहीबार बिहान ८ बजेपछि पोखरा महानगरपालिका-१६ दिपमा रहेको ड्याम खोलेर खोजी गर्न लागिएको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार गत फागुन १३ गते साँझ पोखरा महानगरपालिका-१ सिम्पानीमा बस्ने मानबहादुर तामाङ भनिने सार्की लामा तामाङ माछा मार्ने क्रममा सेतीमा बेपत्ता भएका थिए।

भोलिपल्टदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले खोजतलास गर्दा फेला नपरेपछि उनको खोजीका लागि ड्याम नै खोल्नुपर्ने अवस्था आएको प्रहरीले बताएको छ।

ड्याम खोलिएको समयमा नदीमा पानीको बहाव बढ्ने भएकोले नदी वरपर सतर्कता अपनाउन कास्की प्रहरीले अनुरोध गरेको छ।

सँगै माछा मार्न गएका ४० वर्षीय गंगा तामाङ सोमबाार मृत फेला परेका थिए। तीन जनाको भने सकुशलै उद्धार गरिएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.