|

काठमाडौं : मोरङको बेलबारीमा तीन सवारीसाधन दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । तीव्र गतिको ट्रिप्परले बोलेरो गाडीलाई ठक्कर दिएपछि बोलेर उछिट्टिएर बसमा ठोक्किँदा बोलेरोमा सवार तीनजनाको मृत्यु भएको हो । 

दुर्घटनामा घाइते भएका बोलेरोमा सवार पाँच जनामध्ये कोशी अस्पताल पुर्‍याइएका तीनजनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिए। दुईजनाको उपचार भइरहेको छ।

मृत्यु हुने र घाइतेको परिचय खुलिसकेको छैन । 

मे १ झ २८५६ नम्बरको बोलेरो गाडीलाई प्रदेश ०२–००१ ख ९६७६ नम्बरका टिपरले ठक्कर दिएपछि बोलेर उछिट्टिएर प्रदेश ३ क ००१ ख २७१८ नम्बरको बसमा ठोक्किएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.