|

काठमाडौं : मोरङको बेलबारी सडकखण्डमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा परी मृत्यु हुने तीनजनाकै परिचय खुलेको छ। 

 इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार मृत्यु हुनेहरूमा झापाको कमल गाउँपालिका- २ का ५२ वर्षीय यदुकान्त भट्टराई, ४४ वर्षीया दीपा खनाल र बोलेरो चालक विर्तामोड नगरपालिका २ का  ३६ वर्षीय कृष्ण गजुरेल छन्।  दुर्घटनामा परी हरि खनाल र गायत्री भट्टराई गम्भीर घाइते छन्। उनीहरुको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ।

बेलबारीबाट पूर्वतर्फ जाँदै गरेको मे १ ज २८५६ नम्बरको जिपलाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र‍‍.२–००१ ख ९६७६ नम्बरको टlपरले ठक्कर दिँदा दुर्घटना भएको थियो। टिपरले बोलेरोलाई ठक्कर दिनु अघि काठमाडौंतर्फ जाँदै गरेको प्रदेश ३–क–००१ ख २७१८ नम्बरको यात्रुवहाक बसलाई समेत ठक्कर दिएको थियो।

प्रहरीले टिपर चालक सुन्दरहरैचा–७ का चन्द्रबहादुर विकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.