|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारतर्फ लागेका छन्। पार्टीको सचिवालय बैठक सकेर ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारी निवासतर्फ लागेका हुन्।

माओवादी केन्द्र र कांग्रेसबीचको समीकरण भत्किई  नयाँ समीकरणसहित सरकार बन्ने निश्चित भएसँगै छलफलका लागि ओली प्रधानमन्त्रीनिवास गएको स्रोतले जनाएको छ। 

निवास बालकोटबाट निस्किँदै गर्दा ओलीले सरकार परिवर्तनको कुरा प्रधानमन्त्रीले जान्ने विषय भएको भएको बताए। ‘प्रधानमन्त्रीले चिया खान बोलाउनु’भा होला’, पत्रकारको जिज्ञासामा उनले भने।

एमाले, माओवादीलगायत दलहरुले नयाँ समीकरणमा सरकार बनाउने समझदारी भइसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.