|

काठमाडौं : नेप्से परिसूचकमा तेस्रो सकारात्मक सर्किट लागेसँगै सोमवारको लागि कारोबार बन्द भएको छ।

सोमबार नेप्से परिसूचकको कारोबार खुलेको ३ मिनेटमा नै ४ प्रतिशतले बढेर पहिलो सकारात्मक सर्किट ब्रेक लागेर २० मिनेटको लागि कारोबार बन्द भएको थियो।

त्यस्तै, २० मिनेटपछि कारोबार खुलेपश्चात् १ मिनेटमा नै नेप्से ५ प्रतिशतले बढेर दोस्रो सर्किट लागरे ४० मिनेटको लागि कारोबार बन्द भएको थियो। दोस्रो सर्किटपश्चात् खुलेको नेप्से कारोबार १ मिनेटको अवधिमा ६ प्रतिशतले वृद्धिभएसँगै सोमवारको लागि नेप्से कारोबार बन्द भएको छ।

सोमबार सत्ता गठबन्धनमा आएको फेरबदलको प्रभाव नेपाली पुँजीबजारमा देखिएको छ। लोमो समयदेखि पुँजीबजारमा आएको निराशा सत्ता गठबन्धनमा भएको फेरबदलसँगै उत्साह देखिएको हो।

एक्सचेन्जले यस्तो व्यवस्था गरेको हो। सोमबार ११ बजे खुलेको बजार ३ मिनेटमै ४ प्रतिशतभन्दा बढीले सूचक उकालो लागेपछि २० मिनेट बन्द भएको थियो। तेस्रो सकिर्टमा नेप्से परिसूचक ११७.७० अंकले बढेर २०७८ बिन्दुमा पुगेको छ। ११७.७० अंकले बढेको नेप्से परिसूचक ९ लाख ३४ हजार ९ सय १९ कित्ता शेयर ३७ करोड ५२ लाख बराबरको शेयर कारोबार भएको छ।

सोमबार कारोबारमा आएका २३७ कम्पनीमध्ये ५ कम्पनीको शेयर सकारात्मक सर्किट लागेको छ भने ४१ कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। जसमा २ कम्पनीको मात्रै शेयर मूल्यमा गिरावट आएको छ।

सोमबारको कारोबारमा सेन्सेटिभ इण्डेक्स १९.५४ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ८.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ६.७२ अंकले बढेको छ। त्यस्तै,१३ वटै उपसमूह मध्ये १२ परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.