|

काठमाडौं : त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा नेपाललाई तेस्रो झट्का लागेको छ। 

​​नेदरल्याण्ड्सविरुद्ध खेलमा ४७ रन बनाएर आशिफ शेख आउट  भएका छन्। ३७ बल खेलेका उनले १ चौका र तीन छक्का हानेका थिए।

यसअघि २० रन बनाएर कुशल भुर्तेल आउट भए।  उनले १० बलमा २ छक्का र एक चौका हाने। त्यस्तै कप्तान रोहित पौडेल २५ रन बनाएर आउट भए। उनले १९ बलमा तीन चौका र एक छक्का हानेका थिए।

 लिग चरणमा दुवै टिमले दुई खेलमा जित दर्ता गरेर फाइनल यात्रा तय गरेका हुन्। लिगको अन्तिम खेल भने वर्षाले प्रभावित बनेपछि पाँच अंकसहित लिग चरणको शीर्ष स्थानमा रहेर नेदरल्याण्ड्स फाइनल पुगेको थियो। 

घरेलु मैदानमा एक वर्षअघि एसीसी प्रिमियर कपको उपाधि जितेको नेपालले त्यसयता दुई उपाधिको अवसर गुमाएको छ।​ नेदरल्याण्ड्सलाई नेपालले पछिल्लो समय लिग ट'मा नौ विकेटले हराएको छ भने जारी सिरिजमा ६ विकेटले हराइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.