|

जुम्ला : जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित बजेडी पाटनमा जडिबुटी संकलन गर्न गएका वेला हिउँमा फसेका व्यक्तिको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

तातोपानी ही गाउँपालिका–७ बाँरागाउँ र मुछालदेउ गाउँका स्थानीय बासिन्दा त्यहाँ फसेका थिए।

फागुन १८ गते पाटनमा सम्पर्कविहीन भएको जानकारी आएपछि हेलिकप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जानकारी दिए। हिउँमा फसेका आठैजनालाई सकुशल हेलिकप्टरबाट उद्धार गरिएको छ। पालिका–४ स्थित गिडिदहको शिरान बजेडी पाटनमा फसेकालाई स्थानीय तह र प्रशासनको पहलमा कर्णाली प्रदेश सरकारको समन्वयमा हेलिकप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए।

कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नेपाली सेनाको हेलिकप्टरमा बजेडी पाटनदेखि जुम्ला विमानस्थल गरी तीन चरणमा उद्धार गरेको हो।

उद्धार गरिएकामध्ये तातोपानी गाउँपालिका–७ का दिया रावत, हरिशोभा रावत, सुशीला रावत, गोरी रावत, जगमती रोकाया र वडानम्बर ८ का अत रावत, संसार रावत, गोरी रावत रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.