|

काठमाडौं : नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ।

 मंगलबार र बुधबार ऐतिहासिक मूल्यमा कारोबार भएको सुनको भाउ आज पनि नयाँ उचाइमा पुगेको हो। आज सुनको प्रतितोला १ हजार ५ हजार रुपैयाँले बढेको छ। आज छापावाला सुन १ लाख २५ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार २ हजार रुपैयाँले बढेर १ लाख २३ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ बुधबार ५०० रुपैयाँले बढेर १ लाख २३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार तेजावी सुन १ लाख २२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। 

विश्व राजनीतिको उतावचढावले अन्तर्राष्ट्रिय बजारमा प्रभाव पारेकोले नेपालमा सुनको भाउ वृद्धि भइरहेको हो।

यस्तै, बिहीबार चाँदीको भाउ ३० रुपैयाँले बढेको छ। बुधबार प्रतितोला १ हजार ४४० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार १ हजार ४७० रुपैयाँमा कारोबार भइरहेको छ।

अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार १५८ दशमलव ६७ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २४ दशमलव २४ डलरमा कारोबार भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.