|

पाल्पा : आज एक सय १४औँ अन्तर्राष्ट्रिय नारी दिवस देशका साथै विश्वभर मनाइँदै छ। दिवसका अवसरमा विभिन्न सङ्घसंस्था एवं निकायले महिलाका हकहितका साथै सचेतनामूलक विविध कार्यक्रम आयोजना गरिरहेका छन्।

यस वर्ष पाल्पाको रामपुर नगरपालिकाले महिला भलिबल खेलाडीलाई सम्मान गरेको छ। खेलक्षेत्रमा हौसला बढाउन लुम्बिनी प्रदेशको महिला भलिबल समूहलाई नगदसहित सम्मान गरिएको नगरपालिका कार्यालयले जनाएको छ ।

नगरप्रमुख रमणबहादुर थापाले रामपुरमा खेलका लागि विभिन्न पूर्वाधार निर्माणमा जोड दिइएको दिए। उहाँले नारी दिवसका अवसरमा महिला खेलाडीलाई सम्मान गरिएको भन्दै यसले खेलप्रति महिलालाई आकर्षित गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।

पछिल्लो समय खेलमा महिलाको आकर्षण बढ्दै गएको हुँदा प्रोत्साहन गर्दै यस वर्ष अन्तर्राष्ट्रिय महिला दिवसमा भलिबल खेलाडीलाई सम्मान गरिएको नगर उपप्रमुख बालकुमारी थापाले बताइन्।

रामपुरमा हालै सम्पन्न प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा तृतीय स्थान हासिल गर्न सफल टिमलाई प्रोत्साहनका लागि सम्मान गरिएको हो । उक्त प्रतियोगितामा एपिएफ पहिलो, बागमती दोस्रो र लुम्बिनी तेस्रो भएको थियो। तेस्रोका लागि भएको खेलमा कोशी प्रदेशलाई सोझो सेटमा हराएर लुम्बनीले जित हासिल गरेको थियो।  

लुम्बिनीकी मीना सुनार खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भएकी थिइन्। नगरपालिकाले अघिल्ला वर्षमा ज्येष्ठ नागरिक, श्रमिक, कृषि, उद्यमी, पशुपालन, विभिन्न पेसा, व्यावसायमा आबद्ध महिला, महिला सञ्चारकर्मीलगायतलाई सम्मान गरिसकेको छ। 
आज विश्वभर ‘महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदैछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.