|

संखुवासभा : महिलाको हत्या गरेको आरोपमा प्रहरीले एकजना पक्राउ गरेको छ। 

सिलिचोङ गाउँपालिका घरभई हाल खाँदबारी नगरपालिका-७ स्थित आर्मी क्याम्प नजिकै डेरा गरी बस्ने २६ वर्षीया विना राईको हत्या आरोपमा खाँदबारी-११ हरेलोका ३१ वर्षीय मङ्सिरे शेर्पा पक्राउ परेका हुन्। 

शेर्पाले मादक पदार्थ सेवन गरी कुटपिट गरेर राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अशोक जगेबुले बताए । 

प्रहरीका अनुसार शेर्पा खाँदबारी नगरपालिका-७ स्थित आर्मी क्याम्प नजिकै विनासँग ‘लिभिङ टुगेदर’मा बस्दै आएका थिए । गत फागुन १८ गते राति विनाको हत्या गरेर फरार भएका शेर्पालाई प्रहरीले २४ गते राति खाँदबारी-७ स्थित वेलफर डाँडाबाट पक्राउ गरेको हो। प्रहरी​लेपत्रकार सम्मेलन गरी शेर्पालाई आइतबार सार्वजनिक गरेको हो।

घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.