|

काठमाडौँ : वाफ महिला च्याम्पियनसिपका उपविजेता नेपाली राष्ट्रिय महिला फुटबल टोली सम्मानित भएका छन्।

लोयल्टी एकेडेमीले सोमवार मन्डिखाटारमा एक कार्यक्रम आयोजना गर्दै वाफ महिला च्याम्पियनसिपको उपविजेता २३ खेलाडी र ८ अफिसियललाई सम्मान गरेको हो। 

उनीहरूलाई नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र लोयल्टीका संस्थापक विजय साम्बाहाम्फेले सम्मानपत्र र नगदसहित सम्मान गरे।

लोयल्टीले तीन लाख ६१ हजार ८ सय रुपैयाँ बराबरको नेपाली महिला टोलीलाई सम्मान गरेको थियो। महिला दिवसको अवसर पारेर विद्यालयले महिला सशक्तिकरण र प्रोत्साह गर्ने उद्देश्यअनुरूप महिला फुटबलर सम्मान गरेको जनाइएको छ ।

लोयल्टीले वाफ च्याम्पियनसिप खेल्ने प्रत्येक खेलाडीलाई जनही १० हजार र हरेक गोलबापत थप पाँच हजार रुपैयाँ प्रदान गरेको हो। 

सो प्रतियोगितामा नेपालकी साबित्रा भण्डारी सर्वाधिक (९ गोल) गोलकर्ता हुन्। विद्यालयले साबित्रालाई ५५ हजार रुपैयाँसहित सम्मान गर्‍यो। 

सोही टोलीका प्रशिक्षक राजेन्द्र तामाङ, सहायक प्रशिक्षक उज्वल मानन्धर, गोलकिपर प्रशिक्षक उज्वल मानन्धरसहित टिमका बाँकी अफिसियललाई पनि जनही पाँच हजार एक सय रुपैयाँसहित सम्मान गरिएको थियो।

सो अवसरमा पूर्वमन्त्रीसमेत रहेका थापाले पछिल्ला समय नेपालमा महिला फुटबलले सफलता पाइरहेको उल्लेख गर्दै यो सफलताले आममानिसलाई पनि खुशी मिल्ने बताए। 

उनले खेलाडी बनेर नेपालमा केही गर्छु भन्न कठिनाइ रहेको अवस्थामा नेपाली महिला खेलाडीको यो सफलता सह्रानीय रहेको बताए।

गत फेब्रुअरी २९ मा साउदी अरेबियामा सम्पन्न नेपाल वाफ च्याम्पियनसिपको फाइनलमा नेपाल जोर्डनसँग पेनाल्टी सुटआउटमा ५–३ ले पराजित हुँदा उपाधिविमुख भएको थियो। 

च्याम्पियनसिपमा अतिथि टोलीका रूपमा सहभागी नेपालले फाइनलबाहेक अन्य खेलमा उत्कृष्ट प्रदर्शन गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.