|

काठमाडौं : त्रिकोणात्मक टी–२० आई सिरिजमा पपुवा न्युगिनीविरुद्ध नेपाली ओपनर कुशल भुर्तेलले अर्धशतक पूरा गरेका छन्। कुशलको अन्तर्राष्ट्रिय क्रिकेटमा यो आठौं अर्धशतक हो। 

टस हारेर ब्याटिङ थालेको नेपालका ओपनर भुर्तेलले ३४ बल खेल्दै ४ चौका र ३ छक्काको मद्दतमा अर्धशतक पूरा गरे। 

नेपालले हाल चार विकेट गुमाएर १४औं ओभरमा १२० रन बनाएर खेलिरहेको छ। नेपालले ओपन विनोद भण्डारीलाई २७ रनमा गुमाएको थियो भने कप्तान रोहित १ रनमा आउट भए। आरिफ शेख पनि चार रन बनाउँदै आउट भए । कुशल ५९ रन बनाएर आउट भए। 

अहिले क्रिजमा गुल्शन झा र सन्दीप जोरा  छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.