|

काठमाडौं : राष्ट्रिय सभाको बैठक बुधबार बस्दैछ। नारायणप्रसाद दाहाल अध्यक्ष निर्वाचित भएपछि पहिलो बैठक बस्न लागेको हो। 

दिउँसो १ बजेर ९ मिनेटमा बस्ने बैठकमा अध्यक्ष दाहालले अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको नाम मनोनयन गर्ने कार्यसूची छ। यस्तै विषयगत समितिमा रहने सदस्यहरूको नाम हेरफेर तथा मनोनयन पनि हुनेछ। 

बैठकमा अध्यक्ष दाहालले राष्ट्रिय सभाका विषयगत समितिका रिक्त सभापति पदको निर्वाचनको मिति तोक्ने ससंद सचिवालयले जनाएको छ। २० सदस्य कार्यकाल सकेर बिदा भएसँगै दिगो विकास तथा सुशासन र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति सभापतिविहीन छन् । 

बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने कार्यसूची पनि छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.