|

कठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विवादित व्यक्तिलाई मन्त्री बनाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उथलपुथल गरेको आरोप लगाएको छ। बुधबारको प्रतिनिधिसभा बैठकको सुरुमै कांग्रेस सचेतक सुशीला थिङले सहकारी ठगीमा सम्लग्नलाई गृहमन्त्री बनाएको भन्दै आक्रोश पोखेकी हुन्। 

‘केही दिनदेखि विवादस्पद मन्त्रीमको विषयमा सदनमा कुरा उठेको छ  सरकारको पक्षबाट विवादस्दपद मन्त्रीलाई केही कारबाही गरेको सेन्समा प्रधानमन्त्रीले हामीले सम्बन्धित कुरालाई सम्बोधन गरेर आएका छौं भन्नुभयो’, सचेतक थिङले भनिन्, ‘उहाँकै भाषामा भन्न चाहन्छु, उहाँले सहकारी ठगिमा जोडिएका र पोखरा महानगरले प्रतिवेदन दिएर अनुसन्धनमा रहेकलाई गृहमन्त्री बनाएर ल्याउनुभएको छ साँच्चिकै उथलपुथल गर्नुभएछ।’

कांग्रेस सचेतक थिङले यसबाट निष्पक्ष अनुसन्धन हुन नसक्ने आशंका व्यक्त गरिन् यसैगरी पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनको सचिवालय पनि सुन तस्करीमा जोडिएकोले यी सबै विषय निराकरण नभएसम्म सदन सहज रुपमा चल्न नदिने चेतावनी पनि दिइन्।  
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.