|

भोजपुर : धरानबाट भोजपुरको दक्षिण घोरेटार आउँदै गरेको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।

को१ज २५९३ नम्बरको जिप उदयपुरको मैनमैनीमा दुर्घटना भएको हो। दुर्घटनामा छजनाको मृत्यु भएको र अन्य आठजना घाइते भएको प्रहरीले जनाएको छ। जिपमा १४ जना सवार रहेको सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। घटनास्थलमा प्रहरी पठाइएकाले विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाइएको छ।

जिप चालक मानबहादुर बस्नेतबाहेक अन्य मृतकको सनाखत भइसकेको छैन। घटनास्थलमा उद्धारकार्य जारी रहेको र घाइतेलाई थप उपचारका लागि धरान लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिएसपी सुदीपराज पाठकले बताए। स्थानीयका अनुसार जिप सडकबाट करिब आठ सय मिटर तल खसेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.