|

टर्किस एयर फोर्सको एरोबेटिक प्रदर्शन टोली टर्किस स्टार्सको विमान बिहीबार टर्किएको मध्य प्रान्त कोन्यामा दुर्घटना हुँदा एक सैनिकको मृत्यु भएको छ।

टर्किए प्रसारक एनटिभीका अनुसार विमान अवतरणका क्रममा दुर्घटना भएको हो। दुर्घटनाअघि नैअघि चालक हाम फालेर बाहिर निस्किएका थिए। घाइते चालकलाई उपचारका लागि अस्पताल पुर्‍याइएको बताइएको छ । 

कोन्याका गभर्नर वाहडेटिन ओज्कानले प्रसारणकर्तालाई बताए अनुसार एनएफ-५ प्रशिक्षण विमान एयर बेसमा दुर्घटनाग्रस्त भएको थियो। 

दुर्घटनामा ज्यान गुमाउने सैनिक विमानस्थलमा निर्माणको काम गरिरहेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.