|

काठमाडौँ : नेकपा (एमाले)का सांसद भीमप्रसाद आचार्यले वैदेशिक रोजगारीमा जानेलाई ६ महिने विषयगत तालिम दिनुपर्ने बताएका छन्।

शुक्रवार प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै सांसद आचार्यले वैदेशिक रोजगारीमा जान चाहनेलाई ६ महिने विषयगत तालिमको व्यवस्था गर्नुपर्ने बताएका हुन्। त्यस्तो तालिम निःशुल्क रूपमा दिने व्यवस्था गर्नुपर्ने उनले बताए।

​उनले विदेश जाने प्रक्रियाका पासपोर्ट लिने, स्वास्थ्य जाँच गर्ने, रोजगार अनुमति प्राप्त गर्ने, आवश्यक तालिम दिने र अभिमुखीकरण प्रशिक्षण गर्ने लगायतका सबै काम जिल्लाबाटै हुने व्यवस्था गर्नुपर्ने बताए। उनले विदेश जान चर्को ब्याजमा ऋण लिने गरिएको भन्दै उनीहरूलाई सहुलियत दरमा जिल्लाबाटै बैंकमार्फत ऋण उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने माग गरे।

आचार्यले भने, ‘तालिमप्राप्त कामदारको आय दुई गुणा बढी हुन्छ। संघीय सरकारले प्रत्येक पालिकामा वैदेशिक रोजगारमा जान चाहने कामदारलाई निःशुल्क विषयगत तालिमको व्यवस्था गर्नुपर्छ। ६ महिने विषयगत तालिम नलिएका व्यक्तिहरूलाई वैदेशिक रोजगारीमा जान नपाउने व्यवस्था गर्नुपर्छ।’

उनले विदेश जाने कामदारलाई स्वास्थ्य जाँचमा ठगिएको भन्दै यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.