मन्त्रिपरिषद्को आकस्मिक बैठक आजै

|

काठमाडौँ : सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यले गम्भिर त्रुटि गरेकी जाँचबुझ आयोगले ठहर गरेको छ। 

उनीसहित सिआइबीका ४ प्रहरी अधिकृतलाई विभागीय कारबाही गर्न आयोगले सिफारिस गरेपछि अहिले राजनीतिक वृत्त तरंगित भएको छ। अनुसन्धान नै त्रुटिपूर्ण गरेको र सुनमा संलग्नहरूसँग  ‘नेक्सस’ देखिएको आयोगको निष्कर्ष छ।

थाहाखबरलाई प्राप्त जानकारी अनुसार किरण बज्राचार्यसहित अनुसन्धान समितिका संयोजक रहेका प्रहरी उपरीक्षक (एसपी) सञ्जय सिंह थापा, प्रहरी नायव उपरीक्षक डीएसपीद्वय दुर्गा दाहाल र रुगम कुँवरलाई कारबाही गर्न सिफारिस गरिएको छ। थाहा हाल नुवाकोट प्रहरी प्रमुख छन्।

सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले बिहीवार गृहमन्त्रीलाई प्रतिवेदन बुझाइसकेको छ। गृहमन्त्री रवि लामिछानेले आज प्रधानमन्त्रीलाई उक्त प्रतिवेदन बुझाएसँगै आजै त्यस विषयमा छलफल गर्न साँझ आकस्मिक मन्त्रिपरिषद्‍ बैठक बोलाइएको छ। 

६१ केजी सुन र भेप प्रकरणमा आयोगले जाँचबुझ गरेको थियो। आयोगले उनीहरुले त्रुटिपूर्ण अनुसन्धान गरेको निष्कर्षसहितको प्रतिवेदन सरकारलाई दिएपछि उनीहरुमाथि कारबाहीको तयारी गरिएको छ। 

गत असोज १४ मा मन्त्रिपरिषद्ले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग गठन गरेएको थियो। आजको मन्त्रिपरिषद्ले सिआइबीबाट उनलाई हटाएर श्यामलाल ज्ञवालीलाई लैजाने तयारी पनि गरिएको स्राेतले बताएको छ।

हाल ज्ञवाली प्रहरी प्रधान कार्यालयको कार्यविभागमा छन्। प्राप्त सूचना अनुसार बज्राचार्यलाई भने जिम्मेवारीबाट हटाउन लागिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.