|

लुम्बिनी : उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले मुलुकको समृद्धि र राजनीतिक स्थायित्वका लागि मात्र अहिलेको सरकार बनेको बताएका छन्। 

उनले बढ्दो आर्थिक सङ्कट कम गर्न र देशलाई राजनीतिक स्थायित्व दिन नयाँ गठबन्धन बनाउनुपरेको बताए।

बुटवलमा आजदेखि सुरु भएको रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ को १६औँ सम्मेलन उद्घाटन गर्दै उपप्रधानमन्त्री महासेठले नयाँ सरकारलाई काम गर्न चुनौती भए पनि सुशासन, समृद्धि र सेवा प्रदान गर्नका लागि स्पष्ट योजनाका साथ गठबन्धन बनेकाले सेवालाई प्राथमिकतामा राखेर सरकारले काम गर्ने स्पष्ट पारे।

उनले विगतमा बजेट निर्माणदेखि कार्यान्वयनमा भएका कमजोरीका कारण अहिले देशका अधिकांश ठूला आयोजना अलपत्र परेको बताए। 

“सुरु भएका ठूला योजना सबै अलपत्र छन्, न्यून बजेट राखिएपछि यस्तो भएको हो”, उनले भने, “अलपत्र र अधुरा आयोजनालाई छिटो निर्माण गराउने र सरकारको सेवालाई प्राथमिकता दिने मुख्य जिम्मेवारी रहेको छ।” 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.