|

काठमाडौं : सत्ता गठबन्धनको कार्यदलले तयार  पारेको सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा शनिबार सत्ता गठबन्धनका शीर्ष नेतालाई बुझाइँदै छ।  

शुक्रबार बसेको बैठकले तयार पारेको कार्यक्रमको मस्यौदा  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान साढे ९ बजे शीर्ष नेतालाई बुझाउन लागेको कार्यदलका सदस्य तथा जनता समाजवादी पार्टी (जसपा)का प्रवक्ता मनिष सुमनले जानकारी दिए। कार्यदलले मस्यौदा बुझाएसँगै शीर्ष तहमा नेताहरूले आन्तरिक छलफल गरी कार्यान्वयनमा लैजाने तयारी छ । 

कार्यदलको मस्यौदामा साझा कार्यक्रममा संविधानको रक्षा,आर्थिक विकास र समृद्धि,अर्थतन्त्रका चुनौती समाधान,आम मानिसहरूमा आशा र विश्वास जगाउने,सार्वभौम सत्ता र स्वाधीनताको रक्षा गर्ने विषयलाई प्राथमिकता दिएको उल्लेख छ। 

यस्तै राष्ट्रलाई समृद्ध बनाउने, जनतालाई सुखी बनाउने, समृद्ध राष्ट्र सुखी नेपालको आकांक्षा पूरा गर्ने र देशलाई समाजवादतर्फ अगाडि बढाउने विषय पनि समावेश गरिएको कार्यदल सदस्यले बताएका छन्। 

कार्यदलमा नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादीबाट उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, रास्वपाबाट उपसभापति डा. स्वर्णिम वाग्ले र महासचिव मुकुल ढकाल छन्। यस्तै नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल र जसपाबाट नेताद्वय राजेन्द्र श्रेष्ठ र मनिष सुमन सदस्य छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.