|
file photo

सरकारी तथ्यांकअनुसार २०२१–२२ मा २० हजारभन्दा बढी अस्ट्रेलियालीहरू जनावरहरूको आक्रमणबाट घाइते भएका छन्। उनीहरुलाई चोटपटक लागेर अस्पताल भर्ना गरिएको तथ्यांक छ।

अस्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एन्ड वेलफेयर (एआईएचडब्लु) द्वारा प्रकाशित प्रतिवेदनले सन् २०२२ को जुनको अन्त्यसम्म १२ महिनामा अस्ट्रेलियामा जनावरसँग सम्बन्धित २३ हजार ३८० घाइते अस्पतालमा भर्ना भएको खुलासा गरेको छ।

कुल अस्पतालमा भर्ना भएकामध्ये ५३ प्रतिशत बिरालो र कुकुर, २२ प्रतिशत पशुधन, २१ प्रतिशत वन्यजन्तु र विषालु जनावर र २.२ प्रतिशत सामुद्रिक जनावर जिम्मेवार रहेको प्रतिवेदनले जनाएको छ। अस्ट्रेलियामा प्रत्येक १ लाख व्यक्तिहरूमध्ये ९०.५ जनालाई २०२१-०२२ मा जनावरहरूसँगको सम्पर्कको कारणले गर्दा अस्पतालमा भर्ना गरिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.